काठमाडौं । महोत्तरीको रामगोपालपुरबाट नेहा चौधरी, निहारिका राजपुतसहित तीनजना पक्राउ परेका छन् ।
दाइजो र घरेलु हिंसाविरुद्ध ६ दिनदेखि आन्दोलनरत उनीहरू पक्राउ परेका हुन् । यसअघि मंगलबार नेहाका श्रीमान डा. पंकज चौधरीलाई प्रहरीले दाइजो र घरेलु हिंसा मुद्दामा पक्राउ गरेको थियो ।
नेहा र निहारीकाले पंकजकी आमा, बहिनीसहित आरोपितलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
नेहा र निहारिका समर्थकले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गर्न खोजेपछि पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
उनका अनुसार ढुंगामुढाबाट चारजना प्रहरी घाइते भएका छन् ।