काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लो हुस्सु,कुहिरो लागेको छ ।
हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ ।
अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको मौसमविद्हरुले बताएका छन् । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएको छ ।
उडान अवतरण बन्द हुँदा हवाई यात्रा गर्नेहरुलाई असहज भएको छ । अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका विभिन्न भू–भागमा हुस्सुकुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।