काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।
माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।
यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो । चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ ।