काठमाडौँ । गत मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो।
पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते शपथग्रहण गराउने छन्।
शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउन भनेको छ।
मातृभाषामा पनि शपथ खान पाइने छ। यसका लागि शपथ ग्रहणको तीन दिन अघि नै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ।