Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्छु : प्रधानमन्त्री

सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन देशको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर चुनावका बेला नागरिकसमक्ष कबुल गरेको उल्लेख गर्दै त्यहीअनुसार आफूले काम गर्ने बताएका हुन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको बताएका छन् ।

उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको उल्लेख गरे ।

.