Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।

नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।