Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ।

चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।