काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए ।
केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने पौडेलले बताए ।
संविधान जारी भएपछि राजनीतिक स्थायित्वको आशा गरे पनि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा स्थायित्व हुन नसकेको भन्दै पौडेलले अहिले पनि मुलुक अस्थिरतातिर जान लागेको बताए ।