काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयहरूमा सेवाग्राहीले सेवा लिन भोग्नुपरेको सास्ती एक महिनाभित्र पनि नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार र मंगलबार मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको ब्रिफिङ सुनेपछि निर्देशन दिँदै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर पन्छिन नपाउने भन्दै प्रचण्डले सचेत गराए।
शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।