काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।