Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उत्तरपुस्तिका हराएको भन्दै बीबीएस चौथो वर्षको परीक्षा एक वर्षपछि पुनः भोली लिदै त्रिवी

उत्तरपुस्तिका हराएको भन्दै बीबीएस चौथो वर्षको परीक्षा एक वर्षपछि पुनः भोली लिदै त्रिवी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि भोलि पुनः लिने भएको छ ।

यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म भोली बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँछन् ।

मेसेज आएपछि क्याम्पसमा फोन गरेर बुझ्दा उत्तरपुस्तिका हराएकोले पुनः परीक्षा लिन लागेको भन्ने जवाफ पाएको एक विद्यार्थी बताउँछिन् ।

परीक्षा नियन्त्रण कार्यलयले झापाको दमक बहुमुखी क्याम्पसको विद्यार्थीको मात्रै लिने जनाएको छ ।