Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिनिधिसभामा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संविधान र कानुनमा व्यवस्था छ।

कानुनी प्रावधानअनुसार आगामी माघ १० गतेभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ। प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेको लागि बोलाइएको छ ।