Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि आयोगले आज सूचना जारी गर्दै संविधानको धारा २७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो ।