Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रदेश १ सरकारले आज साँझ ५ बजे सम्ममा मुख्यमन्त्री पाउँदै

प्रदेश १ सरकारले आज साँझ ५ बजे सम्ममा मुख्यमन्त्री पाउँदै

काठमाडौं । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।

पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले दाबी गर्दै आएका छन् । ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमाले का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् ।