काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ।
हिजो सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरुले भेट गरेका हुन्।
भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेको प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए।
उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताए।