काडमाडौँ । देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ ।
केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।
वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ ।
मौसमविद्का अनुसार तत्काललाई पानी पर्ने सम्भावना छैन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पनि हट्न थालेको छ ।
हावा चल्न थालेपछि प्रदूषण पनि कम हुन थालेको हो । दिउँसो पारिलो घाम लाग्न थालेसँगै काठमाण्डौको अधिकतम तापक्रम क्रमिक रुपमा बढ्न थालेको छ ।