Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क छु :ओली

प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क छु :ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन् ।

प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए ।

अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वको सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेको, महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेको लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै ओलीले सरकार र प्रचण्डलाई बधाई दिए ।