Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

११० सदस्यीय बागमती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनको लागि ५६ सांसदको समर्थन आवश्यक हुनेमा उनलाई ७० सांसदको समर्थन प्राप्त भएको हो।

उनलाई एमालेको २७, माओवादीको २१ ,राप्रपाको १३, समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।