Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा आज ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

शेयर बजारमा आज ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ ।

आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।