काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।
बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
कांग्रेसको बैठक लम्बिएकाले प्रतिनिधि सभाको बैठक सारिएको हो ।
आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।