Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने

घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सबैजसो नेता–कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले बताएका छने ।

गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनले केही दिनपछि पार्टी प्रवेश गर्ने तयारी छ ।