Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको भनाइ

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको भनाइ

काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताएका छन् ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसदमा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

अहिले देशलाई आर्थिक समृद्धि चाहिएको र नागरिकलाई देशमा सरकार भएको अनुभूति दिनुपर्ने अवस्था आएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर काम गर्न सहज बनाउने देउवाको भनाइ छ ।