Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन : माधवकुमार नेपाल

जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको दाबी गरेका छन्।

आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन पेश गरेको प्रस्तावमाथि बोल्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको आफूखुसी व्याख्या गर्न नपाइने बताए।

एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले अझै पनि संसद विघटन गर्न पाइने तर्क गरिरहेको भन्दै संविधानको रक्षाप्रति गठबन्धनको धारणा माग गरे।