Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिन्छौँ : प्रचण्ड

युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिन्छौँ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन् ।

आज काठमाडौँमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताएका छन् ।

उनले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाको धेरै मद्दत चाहिएको पनि बताएका छन् ।

प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आँक्न नहुने उनको भनाइ छ ।