Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने,स्वास्थ्य तथा जनसंख्या पाउने पक्का

रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने,स्वास्थ्य तथा जनसंख्या पाउने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।

आज एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् ।

उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । यसमा माओवादी केन्द्रको पनि दाबी रहेकाले अन्तिम निर्णय नभएको स्रोतको दाबी छ ।