काठमाडौँ । सत्तारुढ गठबन्धन बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।
भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा अर्मथन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि बैठक हुन लागेको हो ।