काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले सबैसँग मित्रता राखेको भन्दै कसैसँग पनि शत्रुता नरहेको टीप्पणी गरेको छन् ।
आज नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कुनै प्रकारका सैनिक राख्न नदिने तर, कसैसँग शत्रुता पनि नराख्ने टीप्पणी गरेका हुन् ।
ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।