Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसको संस्थापन पक्षको बैठक जारी

कांग्रेसको संस्थापन पक्षको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक जारी छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमकाबारेमा छलफल भइरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको छ ।