Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मौसम आज सामान्यतया सफा नै रहने

मौसम आज सामान्यतया सफा नै रहने

काठमाडौँ । देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ ।

मौसमविद्का अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको छ। आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ ।