Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदै छ कारोवार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदै छ कारोवार ?

काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

। यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।