काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफू कुनै अभिमन्यु नभएको बताएका छन् ।
गर्नबाँकी भन्न बाँकी केहि नभएको भन्दै आफ्नो मौनता आजका लागी सम्म मात्रै भएको बताएका छन् । उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन् अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टाभित्र गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तर, अल्टिमेटम दिएको ७२ घण्टा बितिसक्दा पनि उसले ठोसरूपमा केही निर्णय गरेको छैन ।
यसैबीच आज केन्द्रीय समितिको बैठक बस्दै छ । यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल र निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता मुकुल ढकालको भनाई छ । प्रवक्ता ढकालकाअनुसार आजको बैठकमा सरकारबाट बाहिरिनेबारे छलफल हुनेछ ।
प्रचण्ड गृह मन्त्रालय दिने मुडमा नभए पछि रास्वपाले सरकारबाटै बाहिरीने मनसाय बनाएको हो । रिब लामिछानेले जति पहल गर्दा पनि निश्कर्ष पाउन नसके पछि आफै अलग्गीने तयारी गरेका हुन् ।