Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।

आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने एक नेताले बताए ।

उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए ।