काठमाडौँ । श्री कल्याणकारी बहु–उद्धेश्यीय सहकारी संस्था लिले काभ्रेको चौंरीदेउराली –०३, माझीफेदामा एक दिने तालिम सम्पन्न गरेको छ ।
चौंरी देउराली गा पा वडा नं ३ का वडा अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष श्री चित्र प्रसाद चौलागाई र संस्थाका अध्यक्ष गौतमले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका छन् । प्रशिक्षक बिबेक राज ठकुरी द्वारा, सहकारी के हो? के गर्नु पर्छ? के गरिरहनु भएको छ? मर्म र भावना अनुरुप काम भएका छन् छैन? सदस्यले आफ्नो जिम्मेवारी पुरा गरका छन् छैनन् जस्ता सदस्य, बचत, ऋण र बहु–उद्धेश्यीय सहकारी संस्थाले गर्नु पर्ने र सेवा दिनुपर्ने विषयलाई गहन रुपमा प्रकाश पारेका थिए । साथै हाल सहकारी संस्थामा देखिएको समस्या र राज्यले अङ्गीकार गर्दै गएको नीतिले सहकारी संस्थालाई पर्न सक्ने प्रभाव समेतको बिस्तृत व्याख्या गरेका थिए ।
संस्था अध्यक्ष लक्ष्मण गौतमले संस्थाको विगत ७ वर्ष देखिको आर्थिक परिशुचक रेखा चित्र तथा संस्थाले यस वर्ष गरिरहेको मुख्य कार्यहरु बुदागत रुपमा प्रस्तुत गरेका थिए । साथै उनले आगामी दिनको प्रमुख योजना समेत प्रस्तुत गरेका छन् । संस्थाले कार्यक्षेत्र भित्रका कृषकहरुलाई समयमै रासायनिक मल वितरण, कृषि यान्त्रीकरनको लागि ट्याक्टर, किट्नाशक औसधिको ब्यबस्थापन गरिरहेको, कृषि उब्जनीलाइ सहर बजार सम्म पुर्याउन र बिक्रि वितरण गर्नको लागि कालिमाटी तरकारी तथा फलफुल बजारमा बिक्रि केन्द्र राख्नको लागि स्टलको प्रस्ताव पेश गरेको र सो को निर्णय भइ आएमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल कहिल्यै खेर जान नपाउने र कृषकलाई थप उत्पादन र ब्यबसायी बनाउन उर्जा मिल्ने जानकारी दिएका छन् ।
गौतमले उक्त संस्था सँग कोइका र सहमती संस्थाको सहकार्यमा कृषि उत्पादन, संकलन र बजारीकरणको लागि महत्वपूर्ण समझदारी गर्दै अघि बढेकोमा सम्बन्धित संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रमुख अतिथिसोहि वडाका वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंले संस्थालाई आवश्यक र वडा कार्यालयले गर्न सक्ने सबै कार्यमा सहयोग गर्ने कुरा बताएका छन् ।
यस्तै ब्यबस्थापक रुपा दाहालले आगामी दिनमा अझ धेरै शिक्षा, समुदाय लक्षित कार्यक्रमहरु गर्दै जाने,सदस्यहरुको सक्रियता बढ्दै जाने, बुल गरे अनुरुप आर्थिक क्रियाकलापमा समेत जिम्मेवारी पुरा गर्ने बताएबी छन ।
कार्यक्रममा संस्थाले सहकारी शिक्षा र समुदाय प्रति चासो सम्बन्धि सिद्दान्तलाई आत्मसाथ गर्दै संस्थाका सदस्य लगाएत सदस्य नभएका समुदायका व्यक्ति, बिध्यालयका शिक्षक, बिद्यार्थीहरुलाई समेत आमन्त्रण गरेको थियो ।