Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नवनिर्वाचित राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

नवनिर्वाचित राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।

पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघको १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए ।