Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसदलाई स्वविवेक प्रयोग गर्न दिएको रास्वपाको स्पष्टिकरण

सांसदलाई स्वविवेक प्रयोग गर्न दिएको रास्वपाको स्पष्टिकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई भोट हाल्न नभनेको स्पष्ट पारेको छ।

हिजो भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सांसदलाई स्वविवेक प्रयोग गर्न भनेको जनाएको हो। रास्वपा महामन्त्री प्रवक्ता मुकुल ढकालले सांसदलाई कुनै उम्मेदवारलाई भोट हाल्न दबाव निदएको र स्वविवेक प्रयोग गर्न भनेको बताएका हुन्। ​

राष्ट्रपतिमा रास्वपा बाचाविपरित गएको भन्ने आलोचना हुन थालेपछि रास्वपाले स्पष्टीकरण दिएको हो। ​

धेरैले राष्ट्रपति निर्वाचनमा रास्वपा तथष्ट बस्नु पर्ने बताउदै आएका थिए । तर, हिजो बिहान बैठक बसेर राष्ट्रपतिमा आफ्नो मत दिने बताएको रास्वपाले निकै आलोचित हुनु पर्याे । (रास्वपा) ले भावी राष्ट्रपतिको चुनावको अघिल्लो सदनसम्म पनि कसलाई भोट हाल्ने भन्ने निर्णय लिएको थिएन । कतिले यसलाई लिएर रास्वपाको निर्णय क्षमतामा प्रश्न उठाए भने कसैले अपरिपक्वताको संज्ञा दिएका थिए ।