Shares
Shares
१ बर्षदेखि तनहु प्रहरी कारागारमा बसेर सफाई पाएका नायक पल शाह पहिलोपटक स्टेज कार्यक्रम चढेका छन।आफ्नी बहिनि र उनि हेलिकप्टर चार्टर गरेर रुकुममा भईरहेको महोत्सवमा सहभागी भएका छन।उनको पहिलो कार्यक्रमको आम दर्शकले निकै प्रतीक्षा गरेका थिए पल जम्म १ घण्टा मात्रै बस्ने गरि रुकुमको महोत्सव पुगेको पल संगको निकट श्रोतले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।
नाबालिक बलात्कारको आरोपमा आज भन्दा १ बर्ष अगाडी आत्मसमर्पण गरेका उनि उक्त आरोप गलत साबित भएर सफाई पाएपछि कारागार मुक्त भएका थिए।घर फर्कने क्रममा पनि उनि एक दिन पोखरा बसेका थिए भने काठमान्डौ आए लगातै आफ्नो रोकिएका कामहरुलाइ निरन्तरता दिने प्रयास गरिरहेका थिए।
कारागारबाट बाहिरीएपनि पलले आज सम्म कुनैपनि गीत तथा चलचित्रमा अभिनय गरेका छैनन्। उनको टिमको बिशेष योजना छ आफ्नै युटुब मार्फत पलले आफ्नै प्रोजेक्ट गर्ने तयारी गरिरहेको श्रोतले जानकारी दिएको छ।श्रोतका अनुसार पलले आज भएको कार्यक्रम पनि धेरैपटक सोचेर जाने निर्णय गरेका थिए।उनि संगै उनको परिवारबाट बहिनी पनि जानेभएपछि पल हेलिकप्टर चार्टर गरेर रुकुम पुगेका हुन्।
रुकुममा चलिरहेको एक भब्य महोत्सवमा झन्डै ६० भन्दा बढी कलाकार सहभागी हुने छन।सो कार्यक्रममा पलले आफ्नो ३ ओटा प्रस्तुति दिने आयोजकले जानकारी दिएका छन।पलको सबै भन्दा बढी सुभचिन्तक रहेको क्षेत्र पनि सोहि स्थान पर्छ।उनि दाङको भएको हुदा रुकु दाङ जिल्लाबाट नजिक पर्दछ।
पलले आफु कारागारबाट बाहिरीएपछि एक लामो पोष्ट फेसबुकमा लेखेका थिए,आफु संग सो घटनामा जोडिएका अन्य कलाकारलाई गालि नगर्न र उनीहरु संगै सहकार्य गर्ने वातावरण पनि मिलाउन दर्शक तथा सुभचिन्तकलाइ पलले अनुरोध गरेका थिए।नाबालिक घटनाले पललाइ १ बर्ष संगीत क्षेत्रबाट बाहिर राख्यो,उनि जुन समयमा तनहु कारागारमा रहे सो समय नेपालमा सर्वाधिक स्टेज कार्यक्रमहरु चलिरहने बेला थियो।फेसबुकमा पलले होलीको दिनमा यस्तो लेखेका थिए :
नमस्कार सबैजनालाई 🙏
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏
शाहको यो पोष्ट संगै उनीसंग जोडिएका कलाकारहरुलाई अहिले दर्शकले पहिले भन्दा कम गालि गर्न थालेका छन।घटनामा जोडिएका गायिका तथा मोडलहरुलाई अत्यधिक गाली आउने र काम गर्ने वातावरण समेत नरहेको हुदा साहले सहजताको लागि उक्त पोष्ट लेखेको हुन सक्ने धेरैले अनुमान गरेका थिए। श्रोतका अनुसार साह छिट्टै सोहि बिबादमा जोडिएकी गायिका संग पनि काम गर्न लागेको बताईएको छ। सुरुमा पल आफ्नै प्रोजेक्ट गर्ने त्यसपछि मात्रै अन्य प्रोजेक्टमा जोडिने भएको बताईएको छ।त्यसैले होला अहिले सम्म पलका कुनै गीतहरु बजारमा आएको छैन न त् कुनै चलचित्रको काम सुरु गरेका छन्।
पलले केन्द्र मोसन टिम संग काम गर्ने सहमति प्रहरी कारागार जानु अगाडीनै गरेका थिए।उनले उक्त टिम संग काम गर्न अग्रिम रकम लिएका थिए।तर दुर्भाग्य उनको काम सुरु हुनु अगाडीनै एउटा ठुलो दशको घेरामा पल परेका थिए।पल पुन आफ्नो काममा फर्किएको तस्बिर बाहिरिदा उनका सुभचिन्तक निकै उत्साहित छन।साहलाई कलाकारिताको निरन्तरताको सुभकामना
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209