काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ ।