Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षा हुने

पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।