Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद् बैठक आज बस्दै

संसद् बैठक आज बस्दै

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक आज सदनमा पेस गर्दैछ ।

संसद् बैठक दिउँसो १ बजे बोलाइएको छ । कानूनमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएका हुन् ।

प्रचण्डविरुद्ध फौजदारी अभियोगको मागसहित सर्वोच्चमा मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो ।

आजको बैठकका लागि ८ वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।