Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।

जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।