Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुनको मुल्यमा गिरावट,कति पुग्यो तोलाको ?

आज सुनको मुल्यमा गिरावट,कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजावी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ।