काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ६ र ७ (साबिक साँखर गाबिस ) भै हाल काठमाडौं मा विभिन्न पेशा ब्यवसाय गरेर बस्ने दाजुभाई दिदिबहिनी हरु मिलेर आज साँखर समाजको तदर्थ समिती गठन गरेका छन् ।
१३ सदस्यीय कार्येसमिती रहेको तदर्थ समितिको संयोजकमा दिलिप कुमार बस्ताकोटी , उपाध्यक्ष मा पृथ्वी अधिकारी ( प्रकाश ), सचिबमा अर्जुन भट्टराई , सह –सचिब मा प्रकाश ढकाल र कोषाध्यक्षमा प्रेम कुमारी कंडेल ( छवि ) रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः साबित्री पुरी, हरि कंडेल , बालकृष्ण भट्टराई , माँया भट्टराई , रिता पराजुली , गणेश अधिकारी , कुल प्रसाद भट्टराई र अर्जुन नेपाली रहनु भएको छ ।
उक्त भेलामा सागर ढकाल , कुल प्रसाद भट्टराई , तिर्थराज अधिकारी र जगन्नाथ ढकाल लाई सल्लाहकार मा मनोनित गरेको छ । भने बिधान को मस्यौदा तयार पार्न भुवन डोटेल , दामोदर बस्ताकोटी र संयोजक दिलिप बस्ताकोटी लाई जिम्मा दिइएको छ ।
साँखर देखि काठमाडौं आई बसोबास गर्ने, ब्यवसाय गर्ने विभिन्न पेशामा आधारित दाजुभाई दिदिबहिनी हरु मिलेर गैंर राजनैतिक बिशुद्द साँखर समाज खोलीएको तथा गाउँ समाजमा आईपरेका,काठमाडौं मै कसैलाई दुख कष्ट पर्दा थोरै भएपनी घाउमा मलम लगाउन सकिने सोचले यो संस्था गठन गरिएको तदर्थ समितिका अध्यक्ष दिलिप कुमार बस्ताकोटीले बताएका छन् ।
उक्त भेलामा बोल्दै संस्था चाहिन्छ संस्था बिशुद्द हुनुपर्छ संस्थालाई आवस्यक पर्दा आँफुले सक्ने सहयोग गर्न पछि नहट्ने कुरा शोभियत ढकालले बताए ।