Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहकारी शाखा चौरीदेउराली काभ्रेद्वारा "पालिका स्तरीय सहकारी संस्थाका सञ्चालक तथा ब्यबस्थापकहरुको क्षमता अभिबृद्धी तथा लेखा ब्यबस्थापन तालिम " सम्पन्न

सहकारी शाखा चौरीदेउराली काभ्रेद्वारा "पालिका स्तरीय सहकारी संस्थाका सञ्चालक तथा ब्यबस्थापकहरुको क्षमता अभिबृद्धी तथा लेखा ब्यबस्थापन तालिम " सम्पन्न

चौंरीदेउराली गाउँपालिका, सहकारी शाखा काभ्रेद्वारा यहि चैत्र ११,१२ र १३ गते ३ दिने "पालिका स्तरीय सहकारी संस्थाका सञ्चालक तथा ब्यबस्थापकहरुको क्षमता अभिबृद्धी तथा लेखा ब्यबस्थापन तालिम " सम्पन्न भएको छ। तालिम कार्यक्रमको ब्यबस्थापन "चौरी देउराली गाउपालिका स्तरीय सहकारी समन्वय समिती" ले ब्यबस्थापन गरेको थियो।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष श्री दिलिप शर्मा ज्युको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रमको सभापतित्व समन्वय समितिका संयोजक श्री चित्र प्रसाद चौलागाईंले गर्नुभएको थियो।

प्रशिक्षणमा जिल्ला सहकारी संघका अध्यक्ष श्री दिलिप शर्मा, नेसनल कोप सलुसनका कार्यकारी अधिकृत श्री बिबेक राज ठकुरी, र श्री कल्याणकारी बहु-उद्धेश्यीय सहकारी संस्था लि का अध्यक्ष श्री लक्ष्मण गौतम ज्यु ले प्रस्तुतिकरण गर्नु भएको थियो।

गाउपालिका भित्रका सहकारीका समस्याहरु पहिचान गर्दै समाधानको उपायहरु स्पष्ट पार्दै सहकारीका सिद्धान्त र ब्यबहारमा एकरुपता ल्याउनुपर्ने जिकिर गरियो। साथै सहकारीका सन्चालक, ब्यबस्थापक लगाएत कर्मचारीमा प्रभाकारी सन्चार हुनुपर्ने, एकता,एकीकरण हुँदै चौरीदेउरालिमा ठुला र बलिया संस्थाहरु सन्चालनमा आएमा सहकारीको छविमा समेत सुधार हुने विषय उजागर गर्दै, सहकारीमा बित्तीय अनुशासन, लेखाको सिद्धान्त र ब्यबहारिक रुपमै तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा चौरीदेउराली गाउपालिका सहकारी ऐन २०७५, चौरीदेउराली गाउपालिका सहकारी नियमावली २०७९ छपाई गरि सबै सहभागीहरुलाइ वितरण समेत गरिएको थियो ।

सो कार्यक्रममा १९ वटा सहकारी संस्थाहरुबाट ७०+ सन्चालक तथा ब्यबस्थापकहरुको सहभागिता रहेको थियो ।