अन्तरास्टिय सामाजिक सस्था लायन्स कलब डिस्ट्रीक ३२५ एल नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ एल नेपालको बर्ष २०२३/२४ को जिल्ला अध्यक्ष मा गोरखाका सन्तोष ढकाल निर्बाचित हुनु भएको छ पोखरमा शनिबार भएको महाधिवेशन मा ढकालले सहभागि कलबका प्रतिनिधिहरुको शतप्रतिशत मत प्राप्त गरेर जिल्ला अध्यक्ष मा निर्बाचित घोषणा हुनु भएको छ । उक्त्त कार्यक्रम लायन बर्श २०२२/२३ का जिल्ला अध्यक्ष लियो योगेश गौतम ज्युको सभापतित्व मा सम्मन भएको थियो भने कार्यक्रम उदघोष जिल्ला सहसचिब लियो पुस्पराज ढकालले गर्नु भएको थियो।
सन २०१७ देखि लियोमा सकृय ढकाल लियो क्लब अफ काठमाडौं बेद ब्यासको सस्थापक अध्यक्ष हुनुहुन्छ । ढकालले अघिल्लो कार्यकालमा जिल्ला उपाध्यक्ष को पदमा रहेर काम गर्नु भएको थियो। लियो जिल्ला परिषद ३२५ एल नेपालमा करिब ३८ वटा कलब र १५०० जना लियो सदस्य हरु रहेको छन । यो नेपालमा रहेको १५ जिल्ला मध्य उत्कृष्ट जिल्ला को रुपमा रहेको छ । ७ बर्ष देखि निरन्तर लियो यात्रामा सकृय रहि जिल्ला को बिभिन्न महत्वपुर्ण पदमा सेवा सकृयता र योगदानको हिसाबले एउटा छुटै पहिचान र अस्थित्व बनाएको ब्यक्ति हुनुहुन्छ।
लियो कलब अफ काठमाडौं बेद ब्यासको लियो अभियानको नेतृत्व गर्दै ,जिल्लाको रिजन कोडिनेटर , प्रमुख जनसम्पर्क अधिकृत ,जिल्ला उपाध्यक्ष हुदै लियो बहुजिल्ला परिषद ३२५ नेपालको सह-कोषाध्यक्ष र डाईरेक्टर जस्तो गरिमामय पदको सफलता पुर्बक जिम्मेवारि निर्बाह गर्दै आउनु भएको छ।
गोरखा को बिकट ठाउ सुलिकोट ४ सौरपानी मा जन्मनु भएको ढकाल हाल काठमाडौं जिल्ला तारकेस्वर नगरपालिका वडा न ५ स्थित हरियालि समाज लोलाग मा घर बनाई बसोबास गर्दै आउनु भएको ढकाल उक्त्त हरियालि समाजको सहसचिब समेत रहनु भएको छ सानै उमेर देखि सामाजिक अभियानमा जुजारुक नेतृत्व मध्येको एक उदाहरण को रुपमा परिचित समेत हुनुहुन्छ । समाजमा पनि छुटै पहिचान बनाएको ढकाल हाल एम टि ईन्टरनेशनल प्रा लि को मार्केटिग हेड र गुडलक ट्रेड लिक को प्रोपाईटर समेत हुनुहुन्छ।
उहाले यो लायन बर्ष २०२३/२४ लाई नेपालको सर्बोत्कृष्ट जिल्ला बनाउने दाबि समेत गर्नु भएको छ । उहाले आगामि बर्ष जिल्लाको नारा (oath for growth ) मा रहेर काम गर्दै १५०० युवाहरुलाई नेतृत्व बिकास गर्दै समाज मा सेवा गर्ने लक्ष्य लिनु भएको छ । उक्त जिल्लाको उपाध्यक्ष मा लियो अभय थापा निर्बाचित हुनु भएको छ भने जिल्ला सचिबमा तनहुका लियो सुनिल मिश्र र कोषाध्यक्ष मा लियो कलब अफ काठमाडौं बिशालबजार का लियो सुलभ थकालि , जनसम्पर्क अधिकृत मा दुलेगौडा का लियो कुसल लम्साल , जिल्ला अध्यक्ष सल्लाहकार प्रमुखमा आबुखैरेनिका लियो अ्मृत पन्डित , चिप डिपार्टमेन्ट चियर्पसन मा लियो उजेन श्रेष्ठ , चिफ रिजन कोडिनेटर मा लियो सम्राट ऐडि र ब्यबस्थापक मा लियो उद्दब पराजुलि मनोनित हुनु भएको छ भने अन्य जिल्लाको पदाधिकारि छिटै बैठक बसेर पुर्णता दिने कुरा जिल्ला सचिब लियो सुनिल मिश्र ले प्रस्ट पार्नु भएको छ ।