Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।

यसैगरी पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित हुने छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं वि.सं. २०१५ को आम निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका तुम्बाहाम्फेको गत शुक्रबार निधन भएको थियो ।