Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रमुख तीन दलका बैठकबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति

प्रमुख तीन दलका बैठकबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति

काठमाडौं : प्रमुख तीन दलका बैठकबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति भएको छ।

सोमबार एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको तीन दलको बैठकले तत्कालै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आजको बैठकमा लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको उनले बताए।

साथै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ।