काठमाडौं । संघीय ससंदका दुवै सदनको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक १ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको बैठक २ः३० मा बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची छ।
यस्तै राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी छ।