Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगरपालिकाविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौं महानगरपालिकाविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौं । सिंहदरबारसहितका कार्यालयको फोहर नउठाएको भन्दै काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेका हुन्। फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै दायर रिटमा मंगलबारका लागि पेशी तोकिएको श्रेष्ठले जानकारी दिए।

उनले रिटमा महानगरपालिकासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई पनि विपक्षी बनाएका छन्।

महानगरपालिकाले काठमाडौंको सिंहदरबार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवासको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ।