काठमाडौं । विगत ५ महिना देखि क्यान्सर संग लडिरहेकी दाङ घोराही उपमाहानगरपाली १० बस्ने ५३ बर्षकी हुमि कुमारी डागीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ।
उनी बिगत .५ महिना देखी विपी कोईराला मेमोरीय हस्पिटलमा उपचाररत छिन् । उनको २ महिना अगडी आन्द्रामा भएको क्यान्सरको अप्रेशन गरिएको थियो । आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समसया भएको छोरा सुरज केसी बताउँछन् ।
उपचारका लागी एउटा किमो मात्रै चढाउन १५ देखी २० हजार लाग्छ । उनको उपचारका लागी २५ देखी ३० पटक किमो चढाउनु पर्ने डाक्टरहरु बताउँछन् । जस्का लागी दाङ देखि चितवन भरतपुर क्यान्सर हस्पिटल सम्म आई पुग्नु पर्नै बाध्यता छ । अलि अलि भएको पैसा पनि सकियो हाल पैसाको अभावले उपचारमा कठिन भएको सुरज बताउँछन् ।
सहयोग गर्न चाहनेहरुले खीम बहादुर केसी सम्पर्क नम्बर ९८४७८०९३५४ मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ । यहाँहरुले राष्ट्रिय बाणिज्य बैङक दाङको नारनपुर ब्राञ्चको खाता नम्बर ४३६०१००००१२४१०१० सिधै जम्मा गर्न सक्नु हुने छ ।