Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्चले मान्यता दिने प्रधानमन्त्री प्रचण्डको विश्वास

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्चले मान्यता दिने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्।

आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको भन्दै नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गरेका हुन्।

‘अदालतले पनि संविधान र लोकतन्त्रको मर्म र भावना भन्दा बाहिर गएर त पक्कै गर्दैन । हिजो पनि सदन विघटन पटक पटक हुँदा अदालतले पुनर्स्थापना गरेको इतिहास छ। म त्यो विश्वास गर्छु, अन्ततः अदालतको फैसला हामी सबैलाई मान्य हुन्छ नै’ प्रधानमन्त्री प्रचण्डले भने।

१७ जेठमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २१ जेठमा उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

यो विषयमा २६ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ।